जिल्ला तेह्रथुम सुङ्नाम-३ मा अवस्थित पञ्चमीडाँडामा संचालनमा रहेको तत्कालिन श्री राष्ट्रिय दिव्येश्वरी प्राथमिक विद्यालय सुङ्नाम-१ मा सारिए पछि सुङ्नाम गा.वि.स को वडा नं.४ का शिक्षा प्रेमी अभिभावकहरुले आफ्ना साना छोराछोरीहरुलाई हिउँद-हिउँदमा भेला गरेर पढाउन चित्राको छाप्रो वनाएर पुन: विद्यालय स्थापनाको जग हाल्न थालनी गरिएको हो भन्ने यस भेगका अग्रजहरुको भनाइ पाइन्छ।
त्यो छाप्रे विद्यालको नाम नाम सुङ्नाम-४ मै रहेको सिंहदेवी प्राथमिक विद्यालय राखिएको हो। उक्त विद्यालयमा त्यसताका सुङ्नाम-४ कै खिलवहादुर वराल र छत्रवहादुर वरालले शिक्षकको रुपमा सेवा गरी महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। पछि वि.स.२०३२ सालमा सुङ्नाम-४ निवासी स्व. श्री अविदल खड्काको नेतृत्व र अन्य वुद्धिजीवि अभिभावकहरुको सहयोगमा त्यही विद्यालयलाई सुङ्नाम-३ को मङ्गलवारे वजारको छेउमा स्थानान्तरण गरियो।
वि.सं.२०३४ सालमा प्राथमिक तह स्वीकृत भएपछि २०३६ साल देखि पुन:सुङ्नाम-४ निवासी स्व.श्री दिगवीर कार्कीको सक्रियतामा निम्न माद्यमिक विद्यालयमा स्तरोन्नति गरि पठन पाठन शुरु भएको हो। वि.स.२०५३ सालमा सुङ्नाम र सोल्मा गा.वि.स.का अभिभावकहरुको आमभेला गराई क्रमश: सोही वर्ष देखी कक्षा ८ संचालन गरेर विधिवत् रुपमा माद्यमिक विद्यालयको थालनी भएको हो। यसरी विद्यालयलाई नरन्तर स्तरउन्नति गर्न त्यसवेलाका मा.वि.संस्थापक प्र.अ.तथा महान अभिभावक ज्यूहरुलाई यसको श्रेय जान्छ।
२०५३ साल देखि २०६० साल सम्ममा विद्यालयको मा.वि.तह पूर्ण रुपले निजी स्रोतवाट संचालन गर्दाको घाउ सम्झदा अझ पनि आलै रहे जस्तो महसुस गरिन्छ।
वि.सं.२०६१ सालमा एक माद्यमिक दरवन्दी प्राप्त गरी २०६५ साल सम्म यो विद्यालय अर्ध निजी स्रोतवाट सञ्चालनमा रह्यो।
विद्यालय निजी स्रोतवाट माद्यमिक तह सञ्चालन गर्दाको पिडालाई अभिभावकहरुको साहसले कम आकलन गर्दै पुन:२०६७ साल देखि यहाका अभिभावक तथा जनताले उच्च माद्यमिक तह (१०+२)संचालन गर्ने दृढसाहस गरेको पाउदा विद्यालयको ईतिहासमा नै अभिभावकहरुको योगदानको अमिट छाप कायम रहेको पाइन्छ।
यसरी (१०+२) संचालनका लागि रकम जुटाउने काममा सुङ्नाम ४ निवासी यसै विद्यालयका पूर्व शिक्षक(हाल काठमाण्डौ रहनु भएका) श्री श्रीमान कार्की ज्यूले वि.व्य.स.अध्यक्ष श्री हिकमत वहादुर घिमिरे र प्र.अ दुर्गा प्रसाद दाहाललाइ करिव चार लाखको नगद सहयोग विभिन्न शिक्षा प्रेमी दाताहरुवाट उपलव्ध गराइ दिनु भई अविस्मरणीय योगदान पुर्याइदिनु भएको छ।