प्रकृती
ए प्रकृती....
मलाई तिमी यस्ती बनिदिदा
मलाई तिम्रो काखमा सुतेर
निदाउन मन लाग्छ
अनी तिमी संगै
लुटु पुटु... लुटु पुटु गर्दै
कल्पनाको गहिराईमा
हराउन मन लाग्छ ।।
तर तिमी कालो बादल जस्ति हैन
उज्यालो आकास जस्तै
मुहार देखाईदेऊ
अनी पो मलाई
तिमी पनि खुसि छौ
जस्तो लाग्छ ।।
नत्र त म तिम्रो काखमा
निदाएँ भनेर
तिमी रिसाएझै भान हुनेछ ।
भन त प्रकृती
तिमी मु्रस्कुराउछ्यौ की
शान्त रहन्छ्यौ ?
?????????
म चाहन्छु मलाई
तिमी मै हराउन देऊ ।
तिमी मै रमाउन देऊ ।
हरपल तिमीसंगै हुन देऊ ।
तिम्रो काखमा हाँस्न अनी रुन देऊ ।
अनी पो म बाँचेको
अनी हासेको अर्थ हुन्छ।
प्रकृती
तिमी अनार फलाउँछ्यौ ।
मैले रस नखाईदिए ।
तिम्रो झर झर झर्ने झरनामा
मैले हराउन नपाए ।
तिम्रो काखमा निदाउन नपाए ।
तिम्रो अक्सिजन मैले नलिए ।
तिम्रो रंगहरु
मेरो शरीरमा नगलाए,
तिम्रा बृक्ष हाँगाहरु मैले नसमाए ,
तिम्रो न्यानो माया मैले
अनी मेरो
न्यानो साथ
तिमीले नपाए ।
त्यो सुन्दरताको
के अर्थ रहन्छ ?
त्यो प्रकृतीको
के अर्थ रहन्छ ??
जवाफ देऊ प्रकृती